प्रियंका ट्रोलको सिकार

शुक्रबार, २५ माघ २०७५, २० : २८
प्रियंका ट्रोलको सिकार

प्रियंका चोपडा र निक जोन्सले केही दिन पहिले न्युयोर्कमा आफ्नो विवाहको रिसेप्सन पार्टी दिएका थिए । सो समारोहका फोटाहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । हालै पनि प्रियंकाले आफ्नो हट फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

तस्बिरमा प्रियंका निकको छातीमा टाउको राखेर ढल्केकी छिन् । उनले क्याप्सन लेखेकी छिन्, ‘होम’ । तर, त्यो फोटोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ट्रोल बनाएका छन् ।

अधिकांश प्रयोगकर्ता हैरान भए कि आखिर सेलेब्रिटीको यस्तो तस्बिर कसले लिन्छ ? एक प्रयोगकर्ताले लेखेका छन्, ‘बेडरुममा फोटोग्राफरलाई लुकाएर राखेका छौ कि क्या हो ?’ अर्का लेख्छन्, ‘सायद यो तस्बिर प्रियंकाको आमाले खिचेको हुनुपर्छ ।’

केही दिन पहिले प्रियंका र निकले क्यालिफोर्नियामा समय बिताइरहेको तस्बिर सार्वजनिक भएको थियो । दुवै आफ्नो परिवार र साथीसँग रमाइलो गरिरहेका देखिन्छन् । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस