चर्चामा अनुष्का जस्तो अनुहार भएकी युवती

शुक्रबार, २५ माघ २०७५, १५ : १०
चर्चामा अनुष्का जस्तो अनुहार भएकी युवती

काठमाडौं । समाजिक सञ्जाल प्रयोगकर्ताले बलिउड अभिनेत्री अनुष्का शर्माजस्तो अनुहार भएकी एक युवतीलाई भाइरल बनाइरहेका छन् । अनुष्काको जस्तै अनुहार भएकी युवतीको नाम जुलिया माइकल्स हो । उनी अमेरिकी गायिका हुन् । 

उनी गायिका मात्र होइन, लेखिका पनि हुन् । उनले सेलेना गोमेज, जस्टिन बिबर र डेमी लोभेटोजस्ता चर्चित गायक–गायिकाका लागि गीत लेखिदिएकी छिन् । जुलियाले ‘ह्याभन’, ‘पिंक’, ‘हेल्प मी आउट’ र ‘इन दिस प्लेस’ जस्ता चर्चित गीत गाएकी छिन् । उनले अफ्नो करिअरको सुरुवात पपसंगीतबाट गरेकी थिइन् । २०१७ मा उनले ‘रिपब्लिक रेकर्डस्’ नामको सोलो एल्बम निकालेकी थिइन् । यो एल्बमको ‘इस्युज’ बोलको गीत चर्चित छ । 

जुलियालाई ग्रामी अवार्डबाट पनि सम्मानित गरिएको छ । उनी ‘बिलबोर्ड म्युजिक अवार्ड’ बाट पनि सम्मानित भइसकेकी छिन् । हालै सेलेना गोमेजको साथमा उनको एउटा गीत रिलिज भएको छ । जुलिया माइकल्सको फ्यान फ्लोइङ पनि अनुष्काको भन्दा कम छैन । अनुष्का र जुलियाको अनुहार जुन एंगलबाट हेर्दा पनि उस्तै देखिन्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस