ओस्कर २०१९ मा गागा र ब्राड्लीको प्रस्तुति

विहीबार, २४ माघ २०७५, २१ : २१
ओस्कर २०१९ मा गागा र ब्राड्लीको प्रस्तुति

अमेरिकी गायिका लेडी गागा तथा अभिनेता ब्राड्ली कपुर २०१९ को ओस्कर समारोहमा आफ्नो फिल्म ‘अ स्टार इज बर्न’को गीत ‘स्यालो’माथि प्रस्तुति दिँदै छन् । एकेडेमी अफ मोसन पिक्चर्स एन्ड साइन्सले ट्विटरमार्फत यसबारे जानकारी दिएको हो ।  ‘स्यालो’ गीतलाई लेडी गागा, मार्क रोनसन, एन्थोनी रोजोमान्डो र एन्ड्र्यु ह्वाइट मिलेर लेखेका हुन् ।

यस गीतलाई सर्वोत्कृष्ट गीतको श्रोणीमा राखेर ओस्करमा प्रस्तुत गर्न लागिएको हो । योभन्दा पहिलो गोल्डेन ग्लोब्स अवार्डमा पनि लेडी गागाले यही गीतबाट ‘ओरिजिनल संग्स’ विधामा अवार्ड जितेकी थिइन् ।

२०१९ को ओस्कर अवार्ड समारोह २४ फ्रेबुअरीमा हुँदै छ । अतिथिको सत्कारविना यसपटकको समारोह हुनेछ । ९१औँ ओस्कर समारोहको सत्कारको जिम्मेवारी अमेरिकी अभिनेता केभिन हार्टले गर्ने निर्णय भएको भए पनि हार्टको ‘एन्टी–गे’ ट्विटलाई लिएर भएको विवादका कारण उनले आफ्नो नाम ओस्कर समारोहबाट फिर्ता लिएका छन् । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस