रणवीरसँगको बिहेबारे आलियाको यस्तो जवाफ

एजेन्सी

विहीबार, २४ माघ २०७५, १५ : ३८
रणवीरसँगको बिहेबारे आलियाको यस्तो जवाफ

मुम्बई । रणवीर कपूर र आलिया भट्ट बलिउडका चर्चित जोडीमध्ये एक हुन् । यी दुई फिल्म ‘ब्रह्मास्त्र’को शूटिङका बेला नजिक भएको पनि भन्ने गरिएको छ । आलियाले पनि ‘कफी वीथ करण’मा रणवीरलाई आफ्नो क्रस बताइसकेकी छिन् ।
दुवैको परिवारमा पनि यो जोडीको बिहेप्रति सकारात्मक देखिएका छन् । बलिउडमा गसिप त के पनि चल्न थालेको छ भने यी दुईले यो वर्ष नै बिहे गर्नेछन् । एक अन्तर्वार्तामा आलियाले बिहेको बारेमा बोलेकी छिन् ।

आलियाले बिहे कहिले गर्ने भन्ने प्रश्नमा भनिन्, ‘मलाई लाग्छ, अब दर्शकले केही समय ब्रेक लिनुपर्छ, पछिल्लो वर्ष दुई ठूला बिहे भए, मलाई लाग्छ कि हामी अब केही समय कुल हुनुपर्छ, फिल्म हेर्नुपर्छ, फिल्ममा काम गर्नुपर्छ, बाँकी समयमा हेर्दै जाउँला ।’
यतिबेला आलिया रिलिज हुने फिल्म ‘गल्ली ब्याय’ को कारण चर्चामा छिन् । रणवीर र आलियाले गतवर्ष सम्बन्धलाई पब्लिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस