बधाई दिँदा प्रिटी ट्रोलको सिकार

बुधबार, २३ माघ २०७५, २० : ३६
बधाई दिँदा प्रिटी ट्रोलको सिकार

हालै भारतीय क्रिकेट टिमले अस्ट्रेलियामा टेस्ट सिरिज जित्यो । यो जितले खुसी बलिउड अभिनेत्री प्रिटी जिन्टाले क्रिकेट टिमलाई ट्विट गरेर बधाई दिइन् । त्यही बधाईका कारण उनको ट्रोल बनेको छ ।

उनले ट्विटमा लेखेकी थिइन्, ‘बधाई छ, भारतीय क्रिकेट टिमलाई अस्ट्रेलियामा टेस्ट खेल जित्ने पहिलो एसियन टिम बनेकोमा ।’ तर, सानो गल्तीका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ट्रोल बनाए । किनभने भारत अस्ट्रेलियामा टेस्ट खेल होइन, सिरिज जित्ने एसियन टिम बनेको थियो ।

 प्रिटी आइपिएल टिम किंग्स इलेभेन पन्जाबकी मालिक पनि हुन् । उनी यति ट्रोल भइन् कि आफूले गरेको ट्विट नै डिलेट गरिन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘आधा जानकारी भयानक खतरनाक हुन्छ ।’ नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस