खोटाङ । पूर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । खोटाङ्ग यातायात ब्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरिद गरी जीप सेवा सुरु गरेपछि यातायातमा नयाँ क्रान्तिको संकेत देखिएको हो ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरिएको हो । टाटा मोटरका कन्ट्री म्यानेजर अजितनारायण सिंह र खोटाङ्गका प्रतिनीधिसभा सदस्य विशाल भट्टराईले संयुक्तरुपमा साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा खोटाङ्गका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ्ग यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा गुडने क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताए ।
प्रतिक्रिया दिनुहोस