सामुदायिक वनका अध्यक्षकै मिलबाट अबैध काठ बरामद

शुक्रबार, २८ पुस २०७४, १३ : ४५
सामुदायिक वनका अध्यक्षकै मिलबाट अबैध काठ बरामद

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित सामुदायिक वन समूहका अध्यक्षले सञ्चालन गरेको  स मिलबाट ठूलो परिणाममा अबैध काठ बरामद भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता सामुमायिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र राउतको स–मिलबाट अवैध काठ बरामद भएको हो ।

राउतले सञ्चलान गरेको शिवम् स–मिलबाट श्रोत नखुलेको करिव दुई सय क्यिू फिट सिसौ जातको काठ फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त काठको सम्बन्धमा जिल्ला वन कार्यालयले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत विष्णु प्रसाद भण्डारीले बताए ।

‘अबैध काठ रहेको सूचना प्राप्त हुना साथ हामीले सहायक वन अधिकृत शत्रुधन ठाकुरलाई अनुसन्धान अधिकृत तोकेर छानविन सुरु गरेका छौ’ भण्डारीले भने ।
शिवम् स–मिलको हाताभित्र ठूलो परिणाममा काठ रहेको भन्ने सूचनाको आधारमा स–मिलमा छापा मार्दा काठ बरामद गरेको सेक्टर वन कार्यालयका सहायक वन अधिकृत शत्रुधन ठाकुरले जनाए ।

‘स–मिल सञ्चालक राउतले नम्बरी आवादी जग्गाको काठ दाबी गरेका छन ।’  अबैध काठ वरामद भएपछि मिल सञ्चालकलाई नियन्त्रणमा नराखी अनुसन्धान सुरु गरेको स्थानीयले गुनासो गरेका छन् । सहायक वन अधिकृत शत्रुधन ठाकुरको मिलेमतोमा काठ मिलसम्म पुर्याइएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस