'सप्तरङ्ग’ सांगितिक यात्रा चितवनमा सम्पन्न: कलाकरहरूले भने,क्रिकेट रंगशाला निर्माणका लागी हाम्रो सहयोग हुन्छ

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०७५, ०८ : २७
'सप्तरङ्ग’ सांगितिक यात्रा चितवनमा सम्पन्न: कलाकरहरूले भने,क्रिकेट रंगशाला निर्माणका लागी हाम्रो सहयोग हुन्छ

नारायणगढ स्थित नारायणी नदि किनारमा मंगलबार ख्यातिप्राप्त गलाकारहरूको सहभागितामा सांगितिक यात्रा सम्पन्न भएको छ । गृष्मा ब्रोडकाष्टिड। प्रालिको आयोजनामा सुरु भएको सांगितिक यात्रा सप्तरङ् को मंगलवार सॉझ नारायणी नदीकिनारमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पानसमा बत्तिबालेर उद्धाटन गर्नुभयको थियो । कार्यक्रमको उद्धाटन गर्दै प्रमुख दाहालले संगित र खैललाइ संगसैगै लैजानुपर्ने बताउदै भरतपुर महानगरपालिकाले  धुर्मुस सुन्तली फाउन्डेसन संगको सहकार्यमा निर्माण सूरू गरेको गौतम बुद्द अन्तराष्ट्िय क्रिकेट रंगशाला समयमै सम्पन्न गर्न सम्पूर्ण कलाकारहरूला सहयोग गर्न आग्रह गर्नुभयो ।

 सो अवसरमा चर्चित गायक राम कृष्ण ढकाल,पशुपती शर्मा, इन्दिरा जोसी लगायतका कलाकारहरूले भरतपुर महानगरपालिकालाइ बधाइ दिदै रंगशाला निर्माणकालागी सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्याक्त गरेका थिए । सप्तरङ्ग सॉडंगितिक यात्राले चितवन र नपलपुरबासीका सहभागि दर्सकहरूलाइ झुमाएको थियो । सातै प्रदेशको सद्भाब र एक्यबद्धता दिन आयोजना गरिएको सप्तरङ्गले सवै क्षेत्रका कलाकारलाई समेटेर दर्शकहरुलाई भरपुर मनोरंजन दिएको थियो ।

सप्तरंग समस्कृतिक यात्राकार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, हास्यकलाकार सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट लगायतका कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेका थिए । सप्तरंग माघ १८ गते दमकबाट सुरुभइ , माघ २० गते जनकपुरमा सम्पन्न गरी मंगलबार नारायणगढ पछि माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरा पुगी समापन हुने आयोजक गेहेन्द्र घिमिरिले बताए ।

निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । सातै प्रदेशको पर्यटकिय स्थानको प्रबद्र्धन गर्दै सम्भावनाको खोजी गर्न सप्तरङ्ग कार्यक्रमको उदस्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस