सोनाली जो क्यान्सरलाई जितेर काममा फर्किइन्

मंगलबार, २२ माघ २०७५, २० : २९
सोनाली जो क्यान्सरलाई जितेर काममा फर्किइन्

बलिउड अभिनेत्री सोनाली बेन्द्रेले क्यान्सरलाई जितिन् । न्युयोर्कमा केही महिनासम्म उपचार गरेपछि उनी भारत फर्किइन् । क्यान्सरबाट मुक्ति पाएपछि उनले सामाजिक सञ्जालमा सुटिङ सेटको तस्बिर पोस्ट गरेकी छिन् ।

तस्बिरमा सोनाली सेतो ड्रेसमा देखिएकी छिन् । उनले तस्बिरको साथमा क्याप्सन लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेको छु । फेरि काममा फर्कंदा अचम्मको महसुस भइरहेको छ । मेरो साथमा मनको भावना पोख्नका लागि शब्द नै छैन । क्यामेरालाई दोस्रोपटक फेस गर्नु अलग अनुभव हो ।’

उनले पछिल्लो केही महिनादेखि आफ्नो भावना मर्दै गइरहेको तर पछिल्लो समय काम गर्ने आत्मविश्वास जागेको बताएकी छिन् । उनी चार महिनासम्म न्युयोर्कमा उपचार गरेपछि क्यान्सरबाट मुक्त भएकी थिइन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस