स्वदेश फर्किइन् शेर्पा

पत्रपत्रिकाबाट

विहीबार, १७ माघ २०७५, ०८ : २८
स्वदेश फर्किइन् शेर्पा

मानव तस्करीको आरोप लागेपछि विवादमा तानिनुभएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा स्वदेश फर्कनुभएको छ।

कूटनीतिक मर्यादा विपरीतको गतिविधिमा संलग्न रहेको आरोप लागेपछि शेर्पा राजीनामा बुझाएर दुई साताअघि अस्टे«लिया पुग्नुभएको थियो। सरकारले आफ्नो पारिवारिक व्यवस्थापन मिलाउन दुई साताको समय तोकेपछि शेर्पा परिवारसहित बुधबार स्वदेश फर्कनुभएको हो।

उहाँलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको बताइए पनि परराष्ट्र मन्त्रालयले कुनै निर्णय नभएको बताउँदै आएको छ। शेर्पालाई राजीनामा गर्न सुझाइएको यसअघि नै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीहरूसँग बताइसक्नुभएको छ। शेर्पाले आफूविरुद्धको समाचार र राजीनामा झुटो भएको खण्डन गर्दै आउनुभएको थियो। राजदूत शेर्पाबारे छानबिन गर्न गठित समितिले उहाँलाई राजदूतमा निरन्तरता दिन नहुने निष्कर्षसहितको प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले सोही निर्णयलाई निरन्तरता दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराई, अस्ट्रेलिया महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी संलग्न छानबिन टोलीले अध्ययन प्रतिवेदन तयार गरेको थियो।

राजदूत शेर्पामाथि उहाँकै सवारी चालक वाङ्छु शेर्पाले मानव तस्करी तथा श्रम शोषण गरेको आरोप लगाउँदै उजुरी दिनुभएको थियो। वाङ्छुले राजदूत शेर्पा र उहाँका श्रीमान् न्वा· सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको किटानी दिएपछि शेर्पा विवादमा तानिनुभएको थियो।

राजदूत शेर्पाका श्रीमान्ले आफूसँग करिब ३३ लाख रुपियाँ लिएर अस्ट्रेलिया लगेको तथा अन्य केहीलाई लाने पहल गर्ने भन्दै रकम उठाइएको सवारी चालक वाङ्छुको आरोप छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस