काठमाडौँ । संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा भत्ता लिएका हुन् ।
धार्मिक कार्यक्रम उद्घाटन गर्न कात्तिकमा तनहुँको दमौली पुगेका सभामुख कृष्णबहादुर महरा । भ्रमणमा जाने निजी सचिवालयका कर्मचारीलाई उपलब्ध गराएको भत्ता र अन्य खर्चको जानकारीसमेत माग गरिएकामा ती विवरण भने सचिवालयले दिएन ।
राष्ट्रिय सभाका अध्यक्षमा निर्वाचित भएपछि गणेशप्रसाद तिमिल्सिना चैत ५ गते गृह जिल्ला पर्वत गए । उनलाई जिल्लामा विभिन्न स्थानमा स्वागत कार्यक्रम राखिएको थियो । दुई दिनपछि फर्किए । अध्यक्ष चुनिएको खुसी साट्न जाँदा उनले संघीय संसद्बाट दैनिक भ्रमण भत्ताबापत ६ हजार ७ सय ५०, जहाज भाडा ९ हजार ९ सय रुपैयाँ बुझे ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ९ मा संघीय संसद्को कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमणमा जाँदा मात्रै पदाधिकारीलाई दैनिक भ्रमण भत्ता दिने व्यवस्था छ । पदाधिकारीले दैनिक भम्रण भत्ता लिएर काठमाडौं बाहिर गएका कुनै पनि कार्यक्रम संसद्को कामसँग सम्बन्धित छैन ।
सभामुख कृष्णबहादुर महरा असोज २२ देखि २८ सम्म निर्वाचन क्षेत्र दाङमा गए । यसबापत उनले दैनिक भ्रमण भत्ता ९ हजार ७ सय ५०, जहाज खर्च ६ हजार २ सय लिएका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फे र उपाध्यक्ष शशिकला दाहालले पनि जिल्ला भ्रमण भत्ता लिँदै आएका छन् ।
सचिवालयले उपलब्ध गराएको विवरणअनुसार अध्यक्ष तिमिल्सिनाले चैत ५ देखि पुस ६ सम्म भ्रमण भत्ता, जहाजको टिकट र इन्धन खर्चबापत २ लाख ४१ हजार ४ सय ९४ रुपैयाँ बुझेका छन् । यसमा दैनिक भ्रमण भत्ता मात्रै १ लाख ४६ हजार २ सय ७० रुपैयाँ छ । तिमिल्सनाले धारा उद्घाटनदेखि कारागार निरीक्षण गर्न जाँदासमेत भत्ता लिएका छन् । यसमा उनीसँगै गएका सचिवालयका कर्मचारीको खर्च समावेश छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ माघ २०७५, ०८ : १६
लेखकबाट थप