जयपुरमा मनीषाले साटिन् क्यान्सर अनुभव

बुधबार, १६ माघ २०७५, १९ : १६
जयपुरमा मनीषाले साटिन् क्यान्सर अनुभव

काठमाडाैं । अभिनेत्री मनीषा कोइराला आइतबार जयपुर लिट्रेचर फेस्टिभलमा सहभागी भइन् । फेस्टिभलमा उनले क्यान्सरसँग लडेको आफ्नो जीवनका विविध कुरा सुनाइन् । उनले हालै एउटा किताब प्रकाशित गरेकी छिन् । जसमा उनले क्यान्सरसँग जुद्धाका अनुभूति प्रस्तुत गरेकी छिन् । 

‘दुःखी कुराले तपाईंको सफलतालाई रोक्न सक्दैन । तर, त्यो समय केही सिकाउन र सिक्नका लागि हुन्छ,’ उनले फेस्टिभलमा केही निजी अनुभव बाँडिन् । उनले जीवन फूलको बिछ्यौना मात्र नभएको बताउँदै हरेक मान्छेले नराम्रो समयपछि राम्रो समय पनि आउँछ भन्ने कुरा हेक्का राखेर संयमित हुनपर्नेमा जोड दिइन् । 

‘क्यान्सरले मलाई निकै बदलिदिएको छ,’ उनले भनिन्, ‘साथै मलाई ज्यादा दयालु पनि बनाएको छ ।’ कार्यक्रममा उनले विकासशील देशमा क्यान्सरबारे जागरुकता फैलाउन निकै जरुरी भएको बताइन् । - नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस