क्यान्सर अस्पतालमा होमाटो विभाग विस्तार

सुजन अधिकारी

बुधबार, १६ माघ २०७५, १३ : ५०
क्यान्सर अस्पतालमा होमाटो विभाग विस्तार


चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले रक्त क्यान्सर भएका बिरामीलाई राख्ने होमाटो अङ्कोलोजी विभागको सेवा विस्तार गरेको छ । १२ श्यया सञ्चालनमा रहेको सो विभागमा २७ श्यया थप गरी सुविधासमेत बढाएको हो ।

अस्पतालले दिने सेवालाई प्रभावकारी बनाउनका लागि विभागको सेवा विस्तार गरिएको अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले बताउनुभयो । सो विभागमा १७ वटा सामान्य श्यया रहेका छन् भने १० वटा क्याबिन रहेको छ । विभागमा बिरामीको सङ्क्रमण कम गर्नका लागि विशेष व्यवस्था गरिएको छ ।

हेमाटो अङ्कोलोजी विभागमा पाँच विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र १४ स्टाप नर्स कार्यरत रहेका छन् । चीन सरकारले निर्माण गरिदिएको सो अस्पतालमा हाल ४५० श्यया सञ्चालनमा छन् । नेपाल र भारतबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस