अपरिपक्वा सांसदले ग-यो दुई तिहाईको दम्भ

पत्रपत्रिकाबाट

शनिबार, १२ माघ २०७५, ०७ : ३८
अपरिपक्वा सांसदले ग-यो दुई तिहाईको दम्भ

काठमाडौं । अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो । तर, नेपालमा ठिक उल्टो देखियो । निर्वाचित भएपछि जनताभन्दा माथि हौँ भन्ने मनोभाव देखियो । 

सांसदहरुमा परिपक्वता देखिएन भन्ने लागिरहेको छ । प्रतिष्ठित डाक्टरलगायत ठुलो जमातलाई बेवस्था गरिएको छ । सांसदहरुलाई दबाब पनि भयो होला । लोकतान्त्रिक मूल्यमान्यता देखिएन । निष्ठाको अवमूल्यन भयो । दुई तिहाई बहुमत छ भने जे गरे पनि हुन्छ भन्ने देखियो । 

प्रतिनिधि सभाबाट पारित राष्ट्रिय चिकित्सा विधेयक, २०७५ मा विभिन्न प्रतिवेदनमा रहेका विषय समावेश गरिएको छ । अन्नपूर्णबाट लिएको यो समाचार केदारभक्त माथेमाको विचारमा आधारित रहेको छ । 

प्रतिक्रिया दिनुहोस