लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै

पत्रपत्रिकाबाट

शुक्रबार, ११ माघ २०७५, ०८ : १३
लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै

फाईल तस्विर

दैलेख । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे राउटे समुदायका नागरिकलाई दैलेखको गुँरास गाउँपालिकाले पहिलो पटक २०७५ असार ३० गते स्थानी  परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या एक सया ४९ थियो । पुसको अन्त्यतिर उनीहरुको भत्ता वितराण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो ।

२०४० सालमा पहिलोपटक गरिएको गणनामा राउटेको जनसंख्या ३ सय हाराहारीमा थियो । २०६५ सालमा गरिएको अर्को गणनाअनुसार राउटेको जनसंख्या एक सय ६६ मा झरेको देखियो । यो समाचार आजको कान्तिपुरमा गोविन्द केसीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस