राजनीती

सामान्य बाम तालमेल होइन ,बृहद बामपन्थि एकता हो : प्रचन्ड

सोमबार, १३ कार्तिक २०७४, १९ : १५
सामान्य बाम तालमेल होइन ,बृहद बामपन्थि एकता हो : प्रचन्ड

भरतपुर । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) ले अहिले भैरहेको बामपन्थी गठबन्धन केबल चुनाबकालागी मात्र भन्ने बुझ्न नहुने बताउनुभयको छ । अध्यक्ष दाहालले अहिलेको गठबन्धन बामपन्थिहरूका बिच बृहद धुर्बिकरण गरी नेपालमा एउटै कम्यूनिस्ट केन्द्र स्थापने गर्ने उदस्यका साथ अगाडी बढेको बताउनुभयो ।
प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल चितवन शाखाले संयूक्तरूपमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा अध्यक्ष प्रचन्डले सो कुरा बताउनुभयको हो ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बिच पार्टी एकिकरण संयोजन समिति समेत निर्माण भइ काम अगाडी बढीरहेको अवस्थामा यसप्रति कोही कसैले संका उपसंका गर्नुनहुने बताउनुभयो ।चितवन निर्वाचन क्षेत्र न ३ का उमेद्वार समेत रहनुभयका दाहालले निर्वाचनमा आफू बिजयी हुने बिस्वास ब्याक्त गर्नुभयो ।
आफू चितवनकै बासिन्दा रहेको भन्दै चितवनको बिकास र संमृद्दीमा आफूले उल्लेख्य भूमिका खेलेको र रिरन्तर खेलिरहने बताउनुभयो । अध्यक्ष दाहालले संबिधानको कार्यान्वयन ,देशको आर्थिक, राजनितिक र सामाजिक रूपान्तरणकालागी बम गठबन्धनले निर्वाचन जित्नैपर्ने बताउनुभयो ।बाम गठबन्धनले उमेद्वारहरूको टुड्गो कहिले लाग्छ भन्ने पत्रकारहरूको प्रस्नमा संध र प्रदेसको उमेद्वार भोली सम्ममा टुड्गो लाग्ने बताउनुभयो । बादरमुडे धटनाका बारेमा पत्रकारले सेधेका जिज्ञसाको जवाफ दिदै अध्यक्ष दाहालले बादरमुडे धटना एक दुखद धटना भयको र पार्टीको तर्फबाट पिडीत र राष्ट्रसामु पटक पटक माफी मागिसकेको बताउदै माडीलाइ पार्टीले बिषेस महत्वकारूपमा लिएक बताउनुभयो ।
निर्वाचन तोकियकै मितिमा सम्पन्न हुनुपर्ने बताउदै निर्वाचन आयोगले दुबै मतपत्र छपाउने निर्णय गरेसंगै निर्वाचन के होला भन्ने संका निभारण भयको बताउनुभयो ।
सरस्वती मा.बि मेधौली जितपुरको स्वर्ण महोत्सबको अवसरमा आयोजित कार्यक्रमलाइ स्बोधन गर्न अध्यक्ष प्रचन्ड चितवन आउनु भयको हो ।

प्रतिक्रिया दिनुहोस