आफू मरिसकेको थाहा पाउन सकिने : अनुसन्धान

एजेन्सी

बुधबार, ०९ माघ २०७५, १५ : २१
आफू मरिसकेको थाहा पाउन सकिने : अनुसन्धान

एजेन्सी । मानिसले आफ्नो मृत्युपछि पनि घटनाहरुका बारे थाहा पाउने दाबी केही वैज्ञानिकहरुले गरेका छन् । वैज्ञानिकका अनुसार मानिसको मृत्यु भएको केही समयसम्म मस्तिष्क जीवित हुन्छ, त्यसैले मानिसले आफ्नो मृत्यु भएको क्षण र त्यस क्षणका गतिविधिबारे थाहा पाउँछ ।
अनुसन्धानकर्ताले युरोप र संयुक्त राज्य अमेरिकामा हृदयाघातपछि मृत्यु भएका मानिसहरुको अध्ययन गर्दा यो तथ्य पत्ता लगाएका हुन् ।
अनुसन्धानको क्रममा जसजसलाई पुनर्जीवित गर्न सकिएको थियो उनीहरुले आफ्नो मुटुको धड्कन बन्द भएपछि डाक्टर र नर्सको कुराकानी सुनेको बताए ।
डा.सम पर्नियाले अनुसन्धानलाई यसरी व्याख्या गरे, ‘जो पुर्नजीवित भए, उनीहरुले डाक्टर नर्सले आफूलाई हेरेको व्याख्या गरे । नर्सहरुले के काम गरेको बताए । उनीहरुले डाक्टर नर्सहरुको सम्पूर्ण संवाद, दृष्यको पनि व्याख्या गरे, जो उनीहरुको मुटुको धड्कन बन्द भइसकेपछि भएको थियो । हामीले उनीहरुलाई मृत घोषणा गरिसकेका थियौँ । प्राविधिक रुपमा भन्नुपर्दा उनीहरु मरिसकेपछि भएका घटनालाई उनीहरुले व्याख्या गरेका छन् ।
मुटुको धड्कन बन्द भइसकेपछि रगत मष्तिस्कमा प्रसार हुन छोड्छ, अनि मष्तिस्कको मृत्यु हुन्छ । तर यो प्रक्रिया पूरा हुन कहिलेकाहिँ घण्टौँ लाग्छ । चिकित्सकले मृत भएको घोषणा गरेपछि पनि मृतकले के भइरहेको छ थाहा पाउन सक्छ ।
न्यूयोर्कको स्टोनी ब्रोक युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानको टोलीले हृदयाघात भएका बिरामीको सेवा अझ प्रभावकारी बनाउन र हृदयाघातपछि हुने मष्तिस्कको चोटलाई कम गर्ने उपचार पद्धति विकास गर्ने आशा राखेका छन् । मृत्युपछि हाम्रो आत्मा के हुन्छ भन्ने ठूलो रहस्य अहिलेसम्म समाधान हुन सकेको छैन तर अनुसन्धानले मृत्युपछि केही जीवन हुन्छ भन्ने पत्ता लागेको छ । (इन्डिपेन्डेन्ट)

प्रतिक्रिया दिनुहोस