पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

पत्रपत्रिकाबाट

बुधबार, ०९ माघ २०७५, ०८ : २३
पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

फाईल तस्विर

धनगढी । सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो ।

दार्चुलाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । सोमबार दिनभर घाम लागे पनि मध्यरातिदेखि एकाएक मौसम बदली भएर हिमपात भएको हो । हिमपातपछि बढेको चिसोका कारण सदरमुकाम खंलगाका पसल फाट्टफुट्ट मात्रै खुलेका छन् भने स्थानीयहरु घरबाहिर निस्कन सकिरहेका छैनन् ।  

हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म जिल्लाका उच्च भूभागमा तीनपटक हिमपात भएको छ । पुसमा मात्र जिल्लाका उच्च क्षेत्रमा दुई पटक हिमपात भएको थियो। यो समाचार आजको नागरिकबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस