दाइजोका कारण यातना खेपिरहेकी जनकपुरकी एक महिलाले छोरीलाई मारेर आफु पनि मरिन्

पत्रपत्रिकाबाट

सोमबार, ०७ माघ २०७५, ०८ : २६
दाइजोका कारण यातना खेपिरहेकी जनकपुरकी एक महिलाले छोरीलाई मारेर आफु पनि मरिन्

जनकपुरधाम । जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ । 

जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शमौले दुई बर्षे शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए ।

प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस