३० मिनेटमै डिम्पल बनाउन मिल्ने उपकरण बजारमा

शनिबार, ०५ माघ २०७५, ०८ : ०८
३० मिनेटमै डिम्पल बनाउन मिल्ने उपकरण बजारमा

शारीरिक सुन्दरताका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउदै  आईरहेका छन् । मुस्कुराउदा गालामा पर्ने खाल्डाे भाग डिम्पल सबैलाई अाकर्षक लाग्छ । डिम्पल हुनुको कारण वंशानुगत मानिन्छ तर प्रविधिकाे विकाससँगै डिम्पल नभएकाहरुले पनि उपकरणकाे माध्यमबाट बनाउन सकिने भएकाे छन । त्यसमा पनि पुरुषभन्दा बढी महिला आफ्नो गालामा डिम्पल बनाउन चिकित्सकको क्लिनिकमा पुग्छन् ।
डिम्पल बनाउँदा सुन्दरता बढ्ने भएकाले पनि त्यस्ता क्लिनिकमा पुग्ने पुरुषभन्दा महिलाको संख्या बढी हुन्छ । डिम्पल बनाउने काम सानो सर्जरीबाटै सम्भव हुन्छ । डिम्पल पार्नुपर्ने हो, कसैले आफै भन्छन् भने कसैलाई चिकित्सकले आफै विचार गरी डिम्पल बनाइदिन्छन् । डिम्पल विशेष गरी आँखाको कुनादेखि ठीक तल मुखको कुनालाई जोड्ने एउटा लाइन तानेर त्यसको बीचमा पर्ने गरी बनाइन्छ ।
जुन प्वाइन्टमा डिम्पल बनाउने हो सोही प्वाइन्टको बाहिरबाट हातको मद्दतले डिम्पल बनाउन सकिन्छ । यो सर्जरीका लागि प्रयोग हुने उपकरणलाई वायप्सी निडल भनिन्छ । यही औजारको सहायताले मुखको भित्रबाट ० दशमलव ५ मिलिमिटर वा ० दशमलव ७ मिलिमिटर काटिन्छ । त्यहाँबाट विशेष सावधानीका साथ गोलाइ वा लामो आकारमा सानो मासुको टुक्रा निकाल्नुपर्छ । फेरि भित्रको दुवैतर्फको छाला जोडेर गाँठो बनाई मांसपेशीमा जोड्ने काम गरिन्छ । त्यसपछि जब मांसपेशी हल्लिन्छ तब गालामा डिम्पल देखिन्छ ।
यो प्रक्रियाका लागि २० देखि ३० मिनेटसम्म लाग्छ । यो प्रक्रिया सुरु गर्नुअघि छाला लठ्याउने वा निद्राको औषधि दिन सकिन्छ । सुरुमा डिम्पल हरेक समय गालामा देखिन्छ तर सर्जरी गरेको तीन हप्तापछि जब घाममा गइन्छ र हाँसिन्छ, त्यतिबेला मात्र डिम्पल देखा पर्छ । सर्जरीपछि एन्टिबायोटिक माउथवास अथवा पीडा कम हुने औषधि दिन सकिन्छ । पहिलो दिन सर्जरी गर्नेहरूलाई घाउ भएको ठाउँमा बरफले सेक्ने सल्लाह दिइन्छ । यसरी एकतर्फी डिम्पल बनाउन गरिने सर्जरीमा सर्वसाधारणले २५ देखि ५० हजारसम्म खर्च गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस