बाघकाे गर्जनबाट तर्सिएर १२ बाँदरलाई हृदयघात

शनिबार, ०५ माघ २०७५, ०७ : २४
बाघकाे गर्जनबाट तर्सिएर १२ बाँदरलाई हृदयघात

भारतकाे एक जङगलमा पाटे बाघकाे गर्जनकै कारण १२ बाँदर हृदयघातबाट मरेकाे त्यहाँ अधिकारीले बताएका छन् । सुन्दा अचम्च लागेपनि याे समाचार सत्य हाे । बाघले तर्साएकै कारण एक दर्जन बाँदरको मृत्यु भएको खबर यतिबेला संसारभर भाइरल भएको छ । उत्तरी भारतको कोटवाली मोहम्मदी क्षेत्रको जंगलमा त्यहाँका स्थानीयहरुले एकसाथ १२ मृत बाँदर फेला पारेका थिए । पशु विज्ञहरुले बाँदर विष सेवनका मरेको हुन सक्ने शंका गरेका थिए तर त्यो गलत साबित भएको छ । जाँचपड्तालका क्रममा उनीहरु हृदयघातका कारण मरेको पाइएको थियो । उनीहरुको शंका के छ भने बाघको गर्जन र तर्साहटकै कारण उनीहरुको हृदयघातका कारण मरेका हुन सक्छन् । भेटनरी डाक्टर सञ्जीव कुमार भन्छन्, ‘पोस्टमार्टममा उनीहरु सबै हृदयघातका कारण मरेको पाइएको छ । बाँदरहरुको बाघको गर्जनले डराएर मरेका हुन् ।’ भाइरल भिडियोमा मरेका बाँदरहरुलाई बोरामा राख्दै गरेको देखिन्छ । त्यस क्षेत्रका स्थानीयहरुका अनुसार उक्त जंगल क्षेत्रमा केही समयदेखि बाघले बबन्डर मच्चाउँदै आइरहेको थियो र बाँदर मृत भेटिएको अघिल्लो रात बाघको गर्जन उनीहरुले पनि सुनेका थिए ।

प्रतिक्रिया दिनुहोस