दुनियाँकै महंगो स्याण्डिलको मूल्य कति ?

शुक्रबार, ०४ माघ २०७५, २० : ५७
दुनियाँकै महंगो स्याण्डिलको  मूल्य कति  ?

महिलाले लगाउने स्याण्डिलको मूल्य युएइको दुबई सहरमा झण्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाकै महंगो स्याण्डिल बनेको छ । यो स्याण्डिलको मूल्य १ करोड ७० लाख डलर छ । बहुमूल्य हिरा र सक्कली सुनबाट बनेको यो एकजोर स्याण्डिल बुधबार सार्वजनिक गरिएको छ । यो स्याण्डिलको डिजाइन गर्ने तथा बनाउने कामका लागि पूरै ९ महिना लागेको थियो ।

दी प्यासन डायमण्ड शू नाम दिइएको यो स्याण्डिलमा सयौँ हिराका टुक्रासँगै हरेकमा दुईवटा पन्ध्र क्यारेटका बहुमूल्य डी फ्ल लेस हिराको टुक्रा प्रयोग गरिएको छ ।

प्यासन ज्वेलर्ससँगको सहकार्यमा दुबईस्थित जाडा दुबई कम्पनीले यी जुत्ता बनाएको हो । यद्यपि यसको डिजाइन तथा निर्माण भने इटालीमा भएको हो । विश्वको एकमात्र सेभेन स्टार होटल बुर्ज अल अरबमा बुधबार यी जुत्ता सार्वजनिक गरिएको छ ।

सुरुमा बनाइएका स्याण्डिल ३६ साइजका छन् । तर भविष्यमा ग्राहकको अर्डर अनुसारको साइजमा पनि कम्पनीले यी स्याण्डिल उत्पादन गर्ने बताइएको छ । तर यति महंगा स्याण्डिलका ग्राहक चाहीँ को होला ? यो स्याण्डिलको फिक्स्ड प्राइस १ करोड ७० लाख डलर रहेको र कुनैपनि छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस