काँग्रेस प्रवक्तामा युवा नेता शर्मा चयन

रासस

मंगलबार, २५ पुस २०७४, १९ : ०७
काँग्रेस प्रवक्तामा युवा नेता शर्मा चयन

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा चयन भएका छन् ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको १२ औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन  गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस