भरतपुर महानगरमा बस्ने विपन्न परिवारलाई महानगरको विषेश योजना

मंगलबार, २५ पुस २०७४, १८ : ४८
भरतपुर महानगरमा बस्ने विपन्न परिवारलाई महानगरको विषेश योजना

चितवन । भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने न्युन आय भएका विपन्न र सिमान्तकृत वर्गलाई सुरक्षित बसोबासको सुनिश्चितता गर्न खरका घर मुक्त महानगरको कार्यक्रम यसैबर्षदेखि शुरु हुने भएको छ । महानगरपालिका भित्र बनेका खरका घरहरुलाई व्यवस्थापन गर्न जस्ता पाताको प्रयोग गरिने जनाईएको छ । महानगरको मपदण्ड अनुसार महानगर क्षेत्र भित्र खर निर्मित घर हुनु हुदैन । महानगरको सुकुम्बासी बस्ती र नदी आसपासको क्षेत्रमा खर निर्मित घरहरु अझै पनि धेरै छ । उनीहरुलाई स्तान्तरण गर्नु पर्ने भए उपयुक्त स्थानमा व्यवस्थापन गरिने बताईएको छ ।
त्यसतै विपन्न तथा न्यून आय र फरक क्षमता भएका अभिभावकका बालबालिकालाई बिद्यालय पठाउनका लागि पोसाक, खाजा र पाठयसामग्रीको व्यवस्था गर्ने भरतपुर महानगरपालिकाले बताएको छ । महानगर भित्रै बसोबास गर्ने भए पनि विपन्न तथा सिमान्तकृत परिवारका बालबालिकाहरु अझै पनि विद्यालयको पहुचमा छैनन । विद्यालयसम्म उनीहरुलाई ल्याउने वातावरण बनाउन सहज वातावरण निर्माण गरिने छ । उनीहरुको उच्च शिक्षामा पहुँच बढाउन महानगर छात्रबृत्ति कार्यक्रम लागु गरिने महानगरपालिकाको योजना छ । यसैबिच महानगरलाई सुन्दर नगर बनाउन सडक बालबालिकाको उद्धार, संरक्षण, पुनस्र्थापना एवम् पारिवारिक पुनर्मिलन र पारिवारिक सहयोग कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइने योजना समेत लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस