एक युवतीले मेरो मुटु चोरी भन्दै जब युवक पुलिस स्टेशन पुगे...

एजेन्सी

बुधबार, २५ पुस २०७५, १८ : ५१
एक युवतीले मेरो मुटु चोरी भन्दै जब युवक पुलिस स्टेशन पुगे...

भारत । भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे ।
पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो । एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेशन पुगेका थिए ।

एक पुलिस अधिकारीले यो घटनालाई कसरी सल्टाउने भन्दै माथिल्लो तहको सल्लाह लिनुपरेको बताए । उनले भने, ‘पुलिस स्टेशनमा धेरैजसो मानिस आफ्नो हराएको सामान खोजिदिनुपर्ने भन्दै निवेदन दिन आउँछन्  तर यसपटक अचम्म भयो । यो समस्या समाधानका लागि हामीले माथिल्लो तहको सल्लाह लियौं ।’

पुलिसका वरिष्ठ अधिकारीले यसबारे ती युवकसँग अनौपचारिक कुराकानी गरेको र उनलाई भारतीय कानूनमा यस्ता समस्यालाई सम्बोधन गर्न कुनै धारा नभएको भन्दै सम्झाए ।

अन्त्यमा, त्यहाँका पुलिस अधिकारीले ती युवकलाई आफूहरुले उनको समस्या समाधान गर्न नसक्ने बताउँदै फर्काए । यो अचम्मको घटना नागपुरका पुलिस कमिश्नर भुषण कुमार उपाध्यायले गत हप्ता एक कार्यक्रमका बेला साझा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस