चिसोको मारमा परेकालाई सरकारको राहत

सोमबार, २४ पुस २०७४, १९ : ३६
चिसोको मारमा परेकालाई सरकारको राहत

काठमाडौं । सरकारले शितलहरको मारमा परेका तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले शितलहरको मारमा परेका तराईका २२ जिल्लामा कमल, दाउरालगायतका न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको निर्देशनमा शितलहरको मारमा परेका तराईका जिल्लाहरुमा राहत वितरणका लागि बजेट निकासा गरिएको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनु भयो ।

चिसो बढ्दै गएपछि तराईका विभिन्न जिल्लामा चिसोका कारण दर्जन बढिको ज्यान गईसकेको छ । उता, हिमाली जिल्ला मनाङमा चिसो बढदै गएपछि खानेपानीसमेत जमेका छन । हुम्ला र जुम्लामा पनि चिसोका कारण रुघाकोखीको महामारी फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस