किन सेतो हुन्छ हवाईजहाजको रङ ?

एजेन्सी

शुक्रबार, २० पुस २०७५, १८ : ३०
किन सेतो हुन्छ हवाईजहाजको रङ ?

एजेन्सी । तपाईंले सानैदेखि देख्दै आएको हवाईजहाजको रङ सेतो नै भएको याद गर्नुभएको छ ? प्रायः हवाईजहाजको रङ सेतो नै हुन्छ । यसको पछाडि वैज्ञानिक कारण जोडिएको बताइन्छ । 

हवाईजहाज धेरै उचाईमा उड्ने भएकाले वायुमण्डलको तापक्रमले असर गर्न नसकोस् भनेर सेतो रङको प्रयोग गरिन्छ । सेतो रङमा तापमान बढ्ने सम्भावना कम हुने भएकाले हवाईजहाजको पाटपुर्जामा नराम्रो असर नपर्ने र सेतो रङले ताप र घाम आफूतिर एकिकृत हुन दिदैँन । 

अर्को कारण यसको पेन्टिङमा लाग्ने खर्च पनि हो । यदि हवाईजहाजमा अन्य रङको प्रयोग गरियो भने छिट्टै उड्ने र फेरि रङ गर्न महंगो पर्ने भएकाले पनि यसमा सेतो रङको नै प्रयोग गरिन्छ ।
साथै, सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ ।
 

प्रतिक्रिया दिनुहोस