देवघाटमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी तिब्र

सोमबार, २४ पुस २०७४, १८ : ०३
देवघाटमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी तिब्र

चितवन । पवित्र तिर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । मेला व्यवस्थापनका लागि देबघाट क्षेत्र विकास समितिले मेला व्यवस्थापनको लागि १ सय ५१ सदस्य मेला व्यवस्थापन समिति गठन गरेको छ । हरेक बर्ष माघे संक्रान्तिमा २ दिनसम्म मेला लाग्ने गर्दछ । त्यसतै मेलालाई थप व्यवस्थित बनाउन बिभिन्न उप समिति पनि गठन गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो ।

मेलामा दर्शनार्थीलाई केन्द्रित गर्दै धुनिको व्यवस्था, प्राथामिक स्वास्थ्य उपचार,शौचालय, बिजुली, आकस्मिक उद्धार एवम् सुरक्षा टोलिको व्यवस्था गरिएको उहाले वताउनुभयो । बृद्धबृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिनुका साथै डुङगा र ¥याफटिङ सयरमा निशुल्क सुबिधामा प्रदान गरिने पौडेलको भनाई छ । गत वर्षका मेलाहरुबाट पाठ सिक्दै गल्ति,कमजोरी सुधारेर यसवर्ष मेला वृहत वनाउन लागिएको संयोजक पौडेल बताउनुुभयो ।

मेलामा विगतका वर्षहरुमा जस्तो चिठ्ठा, जुवातास, उपहारका खेलहरुमा रोक लगाइएको छ । हिन्दी गितहरु मेला स्थलमा बजाउन नपाईने , मदिरा धुम्रपान, मद्यपान सेवन गर्न र मासु खान समेत रोक लगाइएको छ । आँपटारी,रामनगर,ठिमुरा,दासढुङ्गा लगाएतका क्षेत्रमा प्रवेशद्दार र व्यानर माफत सिङ्गारिने पनि आयोजकले जानकारी दिएको छ । मेलाको केहिदिन अगाडि बाटै दर्शनार्थीहरुको आगमन हुनेहुदा आयोजकले त्यही अनुसारको व्यवस्थापन गरेको स्वयंसेवक परिचालक उप समिति समिति संयोजक होमबहादुर भारतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस