सिंहदरबारबाट नगद र सामान चोरी भएको उजुरी

सुजन अधिकारी

सोमबार, २४ पुस २०७४, १४ : ४३
सिंहदरबारबाट नगद र सामान चोरी भएको उजुरी

काठमाडौं । सिंहदरबार परिसरभित्रैबाट गाडीको टायर चोरीको घटना पछि फेरि अर्को चोरीको घटना बाहिर आएको छ । सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको क्यान्टिनबाट नगद तथा सामान चोरी भएको भन्दै सञ्चालकले प्रहरीमा उजुरी दिएका छन् ।

क्यान्टिनबाट आइतबार राति चोरी भएको भन्दै सञ्चालक विश्वराज सिलवालले  प्रहरीमा उजुरी दिएका हुन् ।
यसअघि गएको पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडीका चारवटा टायर चोरी भएको थियो । सरकारी गाडी चालक चन्द्रबहादुर मोक्तानले टायर चोरी गरेको खुले पनि उनी हालसम्म फरार छन् ।

प्रतिक्रिया दिनुहोस