म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०८२, ०७ : ३१
म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं । एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले एक्सेटर सिटीको पोस्टमा १० गोल गरेको छ। घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ४ गोल गरेको सिटीले दोस्रो हाफमा ६ गोल गरेको हो।

सिटीका लागि खेलको १२ औं मिनेटमा म्याक्स एलेनले गोल गर्दै अग्रता दिलाएका थिए। अर्को गोल रोड्रीले गरे भने पहिलो हाफमै एक्सेटरले आत्मघाती प्रहार गर्दै दुई गोल उपहार दिएको थियो।

पहिलो हाफमै ४–० ले पछाडि परेको एक्सेटर सिटीले दोस्रो हाफको दबाब थेग्न सकेन। सिटीका लागि इस्को लुइसले दुई गोल गरे भने एन्टोइन मेसेन्यो, तिजानी रोन्डर्स, निको ओराइली र रायन म्याकडुले थप गोल गरे।

एक्सेटर सिटीका लागि सान्त्वना गोल अन्तिम मिनेटमा जर्ज बिर्चले गरेसँगै खेल १०-१ गोल अन्तरमा सकिएको हो। यो नमिठो हारसँगै एक्सेटरको एफए कप यात्रा सकिएको छ।

प्रतिक्रिया दिनुहोस