मूल्य वृद्धि फिर्ता नलिए पोखरामा व्यवसाय वन्द गर्ने चेतावनी

आइतबार, २३ पुस २०७४, १३ : १३
मूल्य वृद्धि फिर्ता नलिए पोखरामा व्यवसाय वन्द गर्ने चेतावनी

कास्की । हिउँदयामको सुरुवातसँगै  निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीरुले मनोमानी रुपमा मुल्य वृद्धि गरेको भन्दै हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् ।

पोखरा हार्डवयेर एशोसियसनले एक विज्ञप्ती निकाल्दै निर्माण सामग्री सिमेन्ट, छडको माग अधिक हुने मौका छोपेर उद्योगीले बदनियतपूर्ण तरीकाले मूल्यवृद्धि गरेकोमा आपत्ती जनाएको छ ।

‘व्यवसायहरुमाथिनै उद्योग कम्पनीहरुले एकाएक थेग्ने नसक्ने गरी सामानको मुल्य वढाएको देख्दा हामी अवाक भएका छौं’ एशोसियसनका अध्यक्ष राजेश कुमार गुप्ताले वताए । विगत १० दिन देखी नेपाल भरीका सिमेन्ट र छड कम्पनीहरुले बिना कारण र बिना आधार पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसीसिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँमूल्यवृद्धि गर्दा हामी हाम्रा व्यवसाय वन्द गर्नु पर्ने अवस्थामा पुगेका छौं,गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस