काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले प्राप्त उपलब्धिहरूलाई जनताले आफ्नै जीवनमा महसुस गर्न सक्ने व्यवस्था बनाउनु नै सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो,’ थापाले भनेका छन्, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो ।’
थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु नै आजको मुख्य आवश्यकता रहेको बताए । उनले लोकतन्त्रलाई अझ बढी जिम्मेवार र जनमुखी बनाउनुपर्नेमा जोड दिँदै सम्पूर्ण नागरिकहरूमा लोकतन्त्र दिवसको शुभकामना समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
गगन थापाले भने– सबैलाई मिलाएर लैजान्छु