काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।
काठमाडौँको कलङ्की मन्दिरस्थित सडकखण्डमा बिहीबार गरिएको प्रदूषण जाँचका क्रममा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले ४८ वटा सवारीसाधनलाई जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका हुन् ।”
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीमात्र चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण चालकहरूलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ बैशाख २०८३, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा असिनाले ७४ सवारीसाधनमा क्षति
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो