पिबिसीको सदस्यमा नेपाल निर्वाचित

शनिबार, ०७ पुस २०७५, १६ : २९
पिबिसीको सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी)को सङ्गठन कमिटीको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो । 

नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । नेपालले सदस्यको पदभार यही पुस १७ गतेदेखि सम्हाल्ने छ । उक्त पदमा नेपाल एशिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो । 

विश्व शान्ति स्थापनार्थ सञ्चालित संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यदलमा नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षा दस्ता पठाएर योगदान गर्ने विश्वको पाँचौँ राष्ट्र नेपाल हो । (रासस)

प्रतिक्रिया दिनुहोस