अचम्म लाग्दो सजाय : वर्ष दिनसम्म हरेक महिना मृगमाथि बनेको फिल्म हेर्नुपर्ने

एजेन्सी

शनिबार, ०७ पुस २०७५, १५ : ०९
अचम्म लाग्दो सजाय : वर्ष दिनसम्म हरेक महिना मृगमाथि बनेको फिल्म हेर्नुपर्ने

अमेरिकाको वासिङ्टनस्थित लोरेन्स काउन्टीको अदालतले मृगको शिकारका दोषीलाई एक वर्षसम्म मृगको बच्चामाथि बनेको फिल्म बाम्बी हेर्ने सजायँ तोकेको छ । डेविड बेरी जुनियर नामका यी दोषीलाई काउन्टी जेलमा एक वर्षसम्म रहँदा हरेक महिना यो फिल्म हेनुपर्ने आदेश दिइएको छ । अदालतले उनलाई सय मृगको शिकारमा दोषी ठहराएको छ ।

बाम्बी सन् १९४२ मा बनेको कार्टुन फिल्म हो । यसका निर्देशक डेविड ह्यान्ड थिए । यो फिल्म अष्ट्रेलियाली लेखक फेलिक्स सेल्टेनको किताब ‘बाम्बी– अ लाइफ इन द वुड्स’ मा आधारित थियो ।

डेविड सबैभन्दा धेरै मृगको शिकार गर्ने व्यक्त : 
जज रोबर्ट जर्जका अनुसार बेरीले डिसेम्बर २३ तारिखमा पहिलो पटक बाम्बी हेर्नुपर्नेछ । डेविडले महिना अन्त्य हुनुअघि यो फिल्म हेर्ने कुरामा निश्चित गर्नुपर्ने जज रोबर्टले बताएका छन् ।

डेविड बेरीलाई मिसौरीको इतिहासमा सबैभन्दा धेरै मृगको शिकार गर्ने व्यक्ति घोषणा गरिएको छ  । अधिकारीका अनुसार उनले सयबढी मृगको शिकार गरेका छन् ।

लरेन्स काउन्टीका अटोर्नी डन ट्रोटरका अनुसार डेविड शिकारपछि मृगको टाउको लिएर जान्थे र शरिरलाई फ्याँकिदिन्थे ।

बेरीलाई हतियार सम्बन्धि कानून उल्लंघनमा पनि दोषी पाइयो जसका कारण उनले नजिकैको बार्टोन काउन्टीको जेलमा थप एक सय २० दिन बिताउनुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस