मेलम्ची खानेपानी आयोजना ठेकेदारले छाडे पनि क्षति हुन्न : मन्त्री मगर

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ पुस २०७५, ०८ : ४९
मेलम्ची खानेपानी आयोजना ठेकेदारले छाडे पनि क्षति हुन्न : मन्त्री मगर

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ठेकेदार कम्पनी सिएमसीले काम छोडेर गए पनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुने बताएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

संसद्को अर्थ समितिमा बिहिबार मन्त्री मगरले भनिन्, ‘ठेकेदार कम्पनीको साढे तीन अर्बभन्दा धेरै रकम हामीसँग सुरक्षित छ । उसले छाडेरै गएपनि आर्थिक रुपमा हामीलाई क्षति हुन्न ।’ वार्ता गरेर सकेसम्म यही ठेकेदारबाटै निर्माण सम्पन्न गराउने बताइन् । 

प्रतिक्रिया दिनुहोस