उद्योग मन्त्रीमा अमरेश सिंह

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, १२ : ०१
उद्योग मन्त्रीमा अमरेश सिंह

काठमाडौ । सर्लाही ४ बाट कांग्रेस सभापति गगन थापालाई पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका अमरेश सिंह उद्योगमन्त्री बन्ने टुंगो लागेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ मन्त्रीको नाम र मन्त्रालय टुंग्याउँदा सिंहलाई उद्योग मन्त्रालय दिने निश्चित भएको हो। 

गएको फागुन २१ गते भएको निर्वाचनमा सिंह सर्लाही ४ बाट कांग्रेस सभापति थापालाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका थिए। 

निर्वाचनमा सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत मात्रै प्राप्त गरेका थिए। सिंह सर्लाही ४ नम्बर क्षेत्रमै पर्ने बलराका स्थायी बासिन्दासमेत हुन्।

गएको माघ ७ गते कांग्रेसका नव निर्वाचित सभापति थापाले सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गर्दा पुराना कांग्रेस नेता अमरेश निकै दबाबमा परेका थिए। 

तर, उनले कांग्रेका शक्तिशाली सभापतिलाई नै पराजित गरेर इतिहास रचेका छन्। 

माघ ६ गते मात्रै जनकपुरमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका सिंह
यसअघिका तीनवटा आम निर्वाचनमा पनि सर्लाही ४ बाटै विजयी बनेका थिए। 

सिंहले यसपटक कांग्रेस सभापतिलाई नै पराजित गर्दै चौथो जित निकालेका छन्।

प्रतिक्रिया दिनुहोस