तेहरानमा भीषण आक्रमण, सरकारी संरचना निशानामा

एजेन्सी

शुक्रबार, १३ चैत्र २०८२, ०८ : ०७
तेहरानमा भीषण आक्रमण, सरकारी संरचना निशानामा

एजेन्सी । इजरायली रक्षा बल (आडीएफ) ले इरानको राजधानी तेहरानको मध्य भागमा व्यापक स्तरको हवाई आक्रमण गरेको जनाएको छ। 

यो आक्रमण विशेष गरी इरानी सरकारी पूर्वाधारहरूलाई लक्षित गरी गरिएको इजरायली सेनाको भनाइ छ । 

इरानको सरकारी सञ्चारमाध्यमहरूले पनि राजधानीमा ठूला विस्फोटका आवाजहरू सुनिएको पुष्टि गरेका छन्। इरानी अधिकारीहरूका अनुसार त्यहाँको वायु रक्षा प्रणाली सक्रिय पारिएको छ र शत्रुको लक्ष्यलाई आकाशमै रोक्ने प्रयास भइरहेको छ।

हमलाबाट भएको क्षतिको विस्तृत विवरण र हताहतीको बारेमा अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस