मोबाइल एप्स् सेवा सञ्चालन

बुधबार, ०४ पुस २०७५, १३ : ५७
मोबाइल एप्स् सेवा सञ्चालन

नेपालगञ्ज । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । 

एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश साहुले जानकारी दिनुभयो । 

सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले मङ्गलबार विधिवत् रुपमा शुभारम्भ गर्नुभयो । अध्यक्ष कक्षपतिले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याएको बताउनुभयो । 

एप्स्बाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपत्कालीन टेलिफोन नम्बरको जानकारी लिन सकिने बताइएको छ । यसअघि गाउँपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाइनमार्फत सञ्चालनमा ल्याइएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस