काठमाडौँ। सर्वोच्च अदालतले धनुषा-१ निर्वाचन क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।
साहले आफ्नो नाम गलत रूपमा कालोसूचीमा राखिएको दाबी गर्दै अदालतमा निवेदन दिएका थिए। न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रलाई समावेश गर्दै अन्तरिम आदेश जारी गरेको छ।
यस आदेशको प्रभावले साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल रोकिएको छ। नतिजा स्वरूप, साहको उम्मेदवारी यथावत रहने र उनले पाएका मतहरू वैध मानिने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ फागुन २०८२, १९ : ५१
लेखकबाट थप