आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ १ जेठमा आउने

सफल खबर संवाददाता

सोमबार, २५ फागुन २०८२, ११ : ५९
आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ १ जेठमा आउने

काठमाडौँ । कथानक फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस