काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् ।
कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सदनमा जगदीश खरेलले भने- लौ न अब त भगवानलाई जोगाउनुपर्यो
आफूविरुद्ध नियोजित प्रचार भएको भन्दै सांसद जगदीश खरेलको असन्तुष्टि
सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेल रास्वपा प्रवेश गर्दै
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल