कुवँरको अध्यक्षतामा ‘ठोरी समाज समन्वय समिती चितवन’ गठन

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, १६ : ३६
कुवँरको अध्यक्षतामा ‘ठोरी समाज समन्वय समिती चितवन’ गठन

चितवन । ठोरीबाट चितवन आई बसोबास गर्ने तथा विभीन्न पेशा अँगालेका तथा अध्ययन अध्यायपन गर्दै आएका ब्यक्तीहरुको भेला सम्पन्न भएको छ । करिब ६० जनाको उपस्थितीमा सोमबार चितवनको शिवघाटमा अवस्थित ज्ञानेश्वर सामुदायिक उपभोक्ता समितीमा भेला सम्पन्न भएको हो । सोही भेलाले चितवन र ठोरीलाई जोड्ने गरी ‘ठोरी समाज समन्वय समिती चितवनको’ गठन गरेको छ । भेलाले १६ सदस्यीय तदर्थ समिती गठन गरेको हो ।

समीतीको अध्यक्षमा चक्र बहादुर कुवँर सर्वसम्मत चयन हुनु भएको छ । यस्तै सिमितको उपाध्यक्षमा ढक प्रसाद कुवँर , सचिबमा धुर्ब खड्का , कोषाध्यक्षमा देवकी खतीवडा , सह–सचिबमा धुर्ब चापागाँई चयन हुनु भएको छ । समितीको सदस्यहरुमा कृष्ण बहादुर रिमाल, टंक बहादुर श्रेष्ठ, नारायण बहादुर गुरुङ, भिम बहादुर बानिया, कृष्ण कुमार गुरुङ, सावित्री सापकोटा, अनिल चापागाई र सफल बुढाथोकी चयन हुनुभएको छ । रिक्त रहेका अन्य केही सदस्य भने समितीको पहिलो बैठकले मनोनित गर्नेछ । यस्तै भेलाले अर्जुन भण्डारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती पनि चयन गरेको छ । लेखा समितीको अन्य सदस्यहरुमा राजकुमार आचार्य र अमृत कृष्ण राउत रहनु भएको छ ।

भेलाले उद्दव सापकोटाको संयोजकत्वमा ८ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । सल्लाहकार समितीको अन्य सदस्यहरुमा रुद्रबिर बानिया, केशव प्रशाद रेग्मी, महेन्द्र प्रसाद पौडेल, कृष्ण शाही, दामोदर शर्मा, देवी प्रसाद तिमील्सिना र टेक बहादुर थापा रहनु भएको छ ।

संचार क्षेत्रबाट समितीलाई सहयोग गर्नका लागि ४ सदस्यीय संचार सम्मन्यव समिती गठन गरेको छ । समितीमा पत्रकार सुशिल पन्त, सुदिप थापा, संयोग रेग्मी र उर्मिला सापकोटा चयन हुनुभएको छ । नव गठित समितीले ठोरी र चितवनलाई जोडेर अघी बढ्ने भेलाका वक्ताहरु बताएका छन् ।

समितीले ठोरीबाट विभिन्न कारणले चितवनमा आई बसोबास गरेका व्यक्ती र परिवारलाई एक शुत्रमा बाँधी अघी बढ्ने छ । ठोरीवासीलाई आईपरेको कुनै पनि समस्या समाधानको लागि समितीले काम गर्ने नव निर्वाचित अध्यक्ष कुँवरले बताउनु भयो । ठोरीबाट चितवन आएर बसोबास गरेका समुदायको हक र हितको काम गर्ने बिषयमा छलफल गरिएको छ । भेलाले चितवनका विभिन्न ठाउँमा छरिएर अस्थाई तथा स्थाई बसोबास गर्दै आएका ठोरी बासीहरुलाई एकताबद्द भई अघी बढ्न समेत आग्रह गरेको छ । भेला पुर्व गाबिस अध्यक्ष उद्दव सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो ।
 

प्रतिक्रिया दिनुहोस