देशभर ४४ लाखभन्दा बढी मत खस्यो

सफल खबर संवाददाता

विहीबार, २१ फागुन २०८२, १३ : ५९
देशभर ४४ लाखभन्दा बढी मत खस्यो

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभर जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म ४४ लाखभन्दा बढी मतदाताले मताधिकार प्रयोग गरेका छन्।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया निरन्तर जारी छ। दिउँसो १ बजेसम्मको विवरण अनुसार कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ।

प्रदेशगत विवरणमा काठमाडौँ उपत्यकामा सबैभन्दा उच्च मतदान दर देखिएको छ। उपलब्ध तथ्यांक अनुसार उपत्यकामा करिब ३६ प्रतिशत मत खसेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस