चितवन–२ मा यस्तो छ पछिल्लो मत परिणाम

सफल खबर संवाददाता

शनिबार, २३ फागुन २०८२, ०६ : ५९
चितवन–२ मा यस्तो छ पछिल्लो मत परिणाम

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।

शनिबार (फागुन २३) बिहान साढे ६ बजेसम्मको मतगणनाअनुसार उनले ४९ हजार ४८० मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उमेदवार मीना खरेलले १३ हजार ३३५ मत पाएकी छन् । नेकपा (एमाले)की उमेदवार अस्मिन घिमिरेले ६ हजार ५०४ मत ल्याएकी छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार प्रताप गुरुङले चार हजार ५४५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस