काठमाडौँ । नेपाल वायुसेवा निगमले कतारका लागि तय आज र भोलिका दुवै उडान रद्द गरेको छ। पश्चिम एसियामा सातायता अमेरिका-इजरायल र इरानबीचको युद्धले पछिल्लो समय निगमले दोहा उडान रद्द गर्दै आएको छ।
सोही सिलसिलामा बिहीबार र शुक्रबारका उडान रद्द गरिएको निगमले जनाएको छ। निगमले यात्रुलाई पर्न गएको असुविधामा क्षमा मागेको छ। साथै निगमले दुबई, दोहा र दमामका आगामी उडानबारे सूचना लिएर मात्रै विमानस्थलमा आउन यात्रुलाई आग्रह गरेको छ।
अत्यावश्यक सूचनाका लागि ९८५१२७३४५९ र ९८५१४२२१५६ मा सम्पर्क गर्न सकिने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १३ : ४६
लेखकबाट थप