देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

सफल खबर संवाददाता

विहीबार, २१ फागुन २०८२, १२ : १९
देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

काठमाडौँ । आज देशभर १६५ ओटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ११ः०० बजे सम्म देशभर १९ लाख २३ हजार ८ सय २४ मत खसेको छ।  यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।

दशैभर निर्वाचन भइरहँदा केही स्थानमा असहज परिस्थिति सिर्जना भए पनि वातावरण पुनः शान्तिपूर्ण बन्दै निरन्तर मतदान भइरहेको छ। सर्लाही र दोलखा लगायतका ठाउँमा केही समय असहज परिस्थिति सिर्जना भएको थियो। निर्वाचन प्रतिनिधि, दलका प्रतिनिधि र जिल्ला प्रशासनको सक्रियतामा उक्त ठाँउहरुमा पुनः सहज तरिकाले मतदान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस