काठमाडौँ । नेपाली काँग्रेसले पार्टी बहुमततिर अघि बढेको दाबी गरेको छ। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले निर्वाचनपछि पार्टी नेतृत्वको सरकार बन्ने विश्वास व्यक्त गरेका छन्।
उनले भने, ‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजाँदै छ। छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन सबै तहबाट प्राप्त साथले बदलिएको काँग्रेस, बदल्छौँ देश भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ।’
पार्टी नेतृत्वमा गगन थापा आएपछि विगतमा निष्क्रिय भएका, पार्टी छाडेर गएकाहरू पनि फर्किसकेको बताए। उनले पार्टीप्रति देशभर लहर छाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन