फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा प्रदर्शनमा आउने

सफल खबर संवाददाता

सोमबार, १८ फागुन २०८२, १२ : १७
फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा प्रदर्शनमा आउने

काठमाडौं ।  ‘परालको आगो’ उत्तर अमेरिकामा रिलिज हुने निश्चित भएको छ । वितरण कम्पनी इएनटीले यो ‘पिरियोडिक र एडप्टेसन’ फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन गर्न लागेको हो ।

यसको लागि निर्माता कम्पनी हरिओम सिने मेकर्ससँग वितरकले सम्झौता गरेका छन् । ‘अन्य मुलुकमा पनि वितरण अधिकार विक्री बारे कुराकानी भैरहेको छ’ निर्माता सुशील पोखरेलले भने ।

नेपालमा यो फिल्म ११ बैशाखदेखि प्रदर्शन हुँदैछ । उत्तर अमेरिकामा सोही मितिबाट आउँछ वा पछाडि रिलिज हुन्छ भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस