इरानी शासन आणविक हतियारले सुसज्जित हुनुहुँदैन : नेतान्याहु

सफल खबर संवाददाता

शनिबार, १६ फागुन २०८२, १५ : ०२
इरानी शासन आणविक हतियारले सुसज्जित हुनुहुँदैन : नेतान्याहु

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आतंककारी शासनले खडा गरेको अस्तित्वगत खतरा हटाउन अभियान सुरू गरेको बताएका छन् ।

इरानमाथि आक्रमण सुरू भएपछि उनले विज्ञप्ति जारी गरेर इरानको आतंककारी शासनले खडा गरेको अस्तित्वगत खतरा हटाउन अभियान सुरू गरेको बताएका हुन् ।

‘मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, इजरायलका नागरिकहरू, केही समयअघि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानको आतंककारी शासनले खडा गरेको अस्तित्वगत खतरा हटाउन एउटा अभियान सुरु गरेका छन्,’ नेतन्याहुले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस